सामसुंगको भर्च्युअल टिभी च्यानल सर्भिस

Technology Khabar ३० कार्तिक २०७२, सोमबार

काठमाडौं ।

काठमाडौं, ३० कात्तिक । सामसुंगले भर्चुअल टिभी च्यानल सर्भिस डब्ड टिभी प्लस(Dubbed TV Plus) पहिलो पटक दक्षिण कोरियामा शुरु गरेको छ ।

सामसुंगले आफ्नो गृह मुलुकमा संचालन गरेको यस्तो स्मार्ट टिभी सर्भिस विश्वमा पहिलो पटक संचालनमा आएको हो, जसले प्रयोगकर्तालाई नियमित टिभी सेवा जस्तै भिडियोहरु फ्लीप गरेर ब्राउज गर्न सकिन्छ ।

यो सेवा दक्षिण कोरियाली बजारमा निकै सनसनीपूर्ण रह्यो, विशेषगरी ती प्रयोगकर्ताहरु जसले भिडियो अन डिमाण्ड एप्स प्रयोग गर्दैनन् तिनीहरुमाझ लोकप्रिय रह्यो ।

टिभी प्लस सेवा अक्टोबरमा लन्च गरिएको हो, त्यहिबेलादेखि पाँच स्मार्ट टिभी प्रयोगकर्तामध्ये एक जना प्रयोगकर्ताले यो सेवा प्रयोग गरिरहेका छन् ।Samsung

कम्पनीकाअनुसार यो सेवाको रिटेन्सन रेट हाल ८० प्रतिशत देखिएको छ र यो सेवाले उपभोक्ताको राम्रो प्रतिकृया पाएको छ । यो सेवामार्फत ३३ वटा भच्र्युअल च्यानल २४ घण्टासम्म ब्राउज गर्न सकिन्छ भने यसको लागि कुनै चार्ज गर्नुपर्दैन भने साइन अप सहज प्रकृयामा गर्न सकिन्छ ।

सामसुंगले यसअघि नै आफ्ना डिजिटल डिभाइसहरुको इको सिष्टममा मल्टिमेडिया कन्टेट र एप्सहरुमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ । यसैको उदाहरणमध्ये स्मार्ट टिभी वीद प्लेस्टेशन गेमिंग सर्भिस, ग्यालेक्सी भ्यू रहेका छन् भने गीयर भिआरमा पनि भच्र्युअल रियालीटी गेम्स एण्ड भिडियो हेर्न सकिन्छ ।

प्रकाशित: ३० कार्तिक २०७२, सोमबार

तपाइको प्रतिक्रिया