Technology Khabar २३ कार्तिक २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, २३ कात्तिक । ताइवानी कम्पनी एचटिसी छिटै नै नयाँ फ्ल्यागशिप फोन पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले नयाँ फ्ल्यागशिप स्मार्टफोन एचटीसी वान एक्स नाइन (HTC One X9) सार्वजनिक गर्ने तयारी गरेको हो । एचटिसीको नयाँ स्मार्टफोनबारे माइक्रोब्लगिंग साइट वेबोमा लीक भएको छ ।
एचटिसीले केहि दिन अगाडि मात्रै एन्ड्रोयड मार्शमाल्लोमा आधारित एप्पलजस्तै स्मार्टफोन वान एम नाईन(One M9) सार्वजनिक गरेको थियो।
वेबोमा आएको जानकारीअनुसार एचटिसीको यो फोन विश्वको तिब्रगतिको स्मार्टफोनमध्येको एक हुनेछ । यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ८२० अथवा मिडिया हेलियो एक्स २० प्रोसेसर राखिने छ ।
यो स्मार्टफोनमा हुनसक्ने मध्येको एक क्वालकमको नयाँ स्न्यापड्रयागन ८२० प्रोसेसर यहि नोभेम्बरमा सार्वजनिक हुँदैछ जुन कम्पनीले अहिलेसम्मको सबैभन्दा तिब्रगतिको प्रोसेसर हुने दाबी गरेको छ । त्यस्तै अर्को टेन-कोर (10 Core) भएको मिडिया टेक हेलियो एक्स २० (MediaTek Helio X20) लन्च हुने दिन तोकिएको छैन् ।
प्रोसेसर नै सार्वजनिक नभएको बेलामा एचटिसीको फोन निर्माण पनि केहि पछि पुग्नेछ । अनुमान अनुसार यो फोन जनवरी २०१६ भन्दा पहिले लन्च हुनसक्दैन् ।
यो फोनको मोडल नम्बर ई५६ (E56) को मूल्य करिब २,९९९ यूआन अर्थात करिब ४७० अमेरिकी डलर पर्ने अनुमान गरिएको छ । यसमा क्यूएचडी डिस्प्ले अर्थात टू के (2K) डिस्प्ले रहनेछ जसको साइज कति हुन्छ भन्ने जानकारी छैन् ।
यसमा ४ जीबीको र्याम तथा ६४ जीबी र १२८ जीबीको इन्टरनल मेमोरीको दुईवटा संस्करण हुनेछ । यदपी यो फोनको मूल्य सस्तो बनाउन ३२ जीबीको भेरियन्टमा पनि आउन सक्नेछ ।
क्यामराको आधारमा एचटिसी वान एक्स नाईनमा २३ मेगापिक्सेलको रियर क्यामरा तथा ४ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहनेछ । यसको रियर क्यामराले फोरके (4K) क्षमताको भिडियो खिच्न सक्नेछ ।
यो फोनको मेटल बडि राखिएको छ भने यसमा दुईवटा एचटिसी बुमसाउण्ड स्पीकर्स अग्रभागमा हुनेछ । यो फोनमा ३,५०० एमएएचको ब्याट्री राखिने बताईएको छ भने एन्ड्रोयडको सबैभन्दा नयाँ अपरेटिंग सिस्टम मार्शमाल्लो ६.० भर्सनमा आधारित हुनेछ ।
एचटिसी वान एक्स नाईनको बारेमा विभिन्न जानकारी लीक भएपनि कम्पनीले अहिलेसम्म कुनै जानकारी औपचारिकरुपमा दिएको छैन् । एजेन्सीको सहयोगमा
प्रकाशित: २३ कार्तिक २०७२, सोमबार