दुईवटा अपरेटिंग सिस्टममा चल्ने ट्याबलेट ‘डाटामिनी टू इन वान’

Technology Khabar २३ कार्तिक २०७२, सोमबार

काठमाडौं ।

काठमाडौं, २३ कात्तिक । भारतीय कम्पनी डाटामिनीले (Datamini) भारतीय बजारमा आफ्नो नयाँ ड्यूल टू इन वान (2 in 1) बूटेबल ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले बूटेबल अपरेटिंग सिस्टमसहितको ट्याबलेटमा दुईवटा अपरेटिंग सिस्टम प्रयोग गर्न सकिन्छ ।

अहिलेसम्म ड्यूल बूटेबल डिभाइस चीनियाँ बजारमा बाहेक अन्य बजारमा उपलब्ध छैन् । यस्तै बूटेबल ट्याबलेट माइक्रोम्याक्सले बनाउने कोशिश गरेको थियो, तर गूगल र माइक्रोम्याक्सबिचको विवादले यो सार्वजनिक हुन सकेन् ।

डाटामिनीले ल्याएको यो ट्याबलेट भारतीय बजारमा स्न्यापडिलबाट मात्र खरिद गर्न सकिन्छ । यो ट्याबलेट ब्ल्याक कलर भेरियन्टमा मात्र उपलब्ध रहेको छ ।Datamini Tab

डाटामिनीको यो नयाँ ट्याबलेटमा ड्यूल टू इन वान बूटेबल अपरेटिंग सिस्टम रहेको छ । यो ट्याबलेट एन्ड्रोयडको ललीपप ५.१ भर्सन तथा विण्डोज १० अपरेटिंग सिस्टममा संचालन हुन्छ ।

यो ट्याबलेटमा १०.१ इन्चको एचडी आइपीएस डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन १२८०X८०० पिक्सेल रहेको छ ।
ट्याबलेटमा १.३३ गीगाहर्जको इन्टेल एटम प्रोसेसर राखिएको छ जसलाई १.८६ गीगाहर्जसम्म बढाउन सकिन्छ ।

थ्रीजी सपोर्ट गर्ने यो ट्याबलेटमा २ जीबीको र्याम तथा ३२ जीबीको इन्टरनल मेमोरी राखिएको छ जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ । त्यस्तै ट्याबलेटमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।datamini-tablet_1

कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ ४.०, मिनी यूएसबी २.० तथा मिनी एचडीएमआई पोर्टको अप्शन रहेको छ । यो ल्यापटपमा दिईएको डिट्याचेबल कीबोर्डलाई अलग गरेर ट्याबजस्तै प्रयोग गर्न सकिन्छ । यो ट्याबलेटमा ६,६०० एमएएचको ब्याट्री राखिएको छ भने सिम पनि प्रयोग गर्न सकिन्छ ।

कम्पनीले यो ट्यालबेटको मूल्य भारु ९,९९९/- तोकेको छ ।

प्रकाशित: २३ कार्तिक २०७२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

  • Technology Khabar
  • २३ कार्तिक २०७२, सोमबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२३ कार्तिक २०७२, सोमबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२३ कार्तिक २०७२, सोमबार

Deepal S05 achieves 5-Star in Euro NCAP rating

२३ कार्तिक २०७२, सोमबार