
काठमाडौं ।
काठमाडौं, २२ कात्तिक । भारतीय स्मार्टफोन निर्माता कम्पनी जोलोले भारतीय बजारमा नयाँ स्मार्टफोन एरा एचडी सार्वजनिक गरेको छ । कम्पनीले यो फोनलाई बजेट एचडी फोनको रुपमा बजारमा ल्याएको हो ।
जोलोले सार्वजनिक गरेको एरा एचडी कम्पनीको एरा स्मार्टफोनको अपग्रेड भेरिएन्ट हो । जोलोले एरा स्मार्टफोन यहि जुलाईमा सार्वजनिक गरेको थियो ।
जोलोको नयाँ स्मार्टफोनमा ५ इन्चको एचडी आईपीएस डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ ।
यो फोनमा १.२ गीगाहर्जको क्वाड कोर स्प्रेडट्रम प्रोसेसर तथा ग्राफिक्सका लागि ४०० एमपी जीपीयू राखिएको छ । फोनमा १ जीबीको र्याम तथा ८ जीबीको इनबिल्ट स्टोरेज छ, जसलाई माइक्रो एसडीद्धारा ३२ जीबीसम्म बढाउन सकिन्छ ।
जोलो एरा एचडीमा फ्ल्याशसहितको ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । दुई सिम सपोर्ट गर्ने यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित रहेको छ ।
यसमा २५०० एमएएचको ब्याट्री राखिएको छ जुन कम्पनीकाअनुसार १० घण्टाको टक टाइम तथा ५५६ घण्टाको स्ट्याण्डबाइ टाइम दिन्छ ।
यो फोनमा कनेक्टिभीटीका लागि जीपीआरएस, थ्रीजी, वाईफाई, ब्लूटूथ, माइक्रो यूएसबीलगायतको अप्शनहरु राखिएको छ ।
भारतीय बजारमा यो फोनको मूल्य ४,७७७ भारु तोकेको छ । यो स्मार्टफोन रकि ग्रे कलरमा उपलब्ध रहेको छ ।
प्रकाशित: २२ कार्तिक २०७२, आईतवार