Technology Khabar २२ कार्तिक २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, २० कात्तिक । च्याटिंग एप ह्वाट्स एपले प्रयोगकर्ताको लागि नयाँ फीचर्स अपडेट गरेको छ । कम्पनीले थप गरेको नयाँ फीचरले प्रयोगकर्ताले कुनै पनि म्यासेजलाई पछि पनि पढ्न सकिन्छ । यो फीचरले कुनै पनि म्यासेजलाई बुकमार्क(Bookmark) गरेर पछि हेर्न सकिनेछ ।
प्रयोगकर्ताले आफूले चाहेको म्यासेजलाई स्टार लगाएर बुकमार्क गर्ने फीचर ह्वाट्सएपमा थप गरिएको हो ।
यो फीचर अहिले एन्ड्रोयड यूजर्सका लागि मात्र उपलब्ध छ भने आईफोन प्रयोगकर्ताले केहि समय कुर्नुपर्ने हुन्छ । यो एन्ड्रोयड यूजर्सका लागि भएपनि गूगलको प्ले स्टोरबाट डाउनलोड गर्न सकिँदैन् । यो फीचरका लागि ह्वाट्सएपको वेबसाइटबाट सिधा डाउनलोड गर्नुपर्ने हुन्छ । ह्वाट्सएपले आइअोएसको सिमितताको कारण अहिले आईफोन प्रयोगकर्ताका लागि उपलब्ध नभएको जनाएकोछ ।
यो फीचरअनुसार कुनैपनि म्यासेजलाई बुकमार्क गर्नका लागि प्रयोगकर्ताले त्यो म्यासेजमा लामो ट्याब गर्नुपर्ने हुन्छ । त्यसपछि टूलबार देखापर्दछ र टूलबारमा तपाईँले एउटा स्टारको चिन्ह देख्नुहुनेछ । म्यासेजलाई बुकमार्क गर्नका लागि तपाईँले यो स्टारलाई क्लिक गर्नुपर्ने हुन्छ । यसपछि चाहेको म्यासेज बुकमार्क हुनेछ ।
ह्वाट्सएपको मेन्यूमा तपाईले “स्टेयर्ड म्यासेज”(Starred Messages) नामक नयाँ फोल्डर देख्नुहुनेछ । यो फोल्डरमा सबै बुकमार्क गरिएको म्यासेजहरु अटोमेटिक देखिनेछन् । जसलाई तपाईँले चाहेको बेलामा पढ्न सक्नुहुनेछ ।
ह्वाट्सएपले बुकमार्कमा टेक्स्ट म्यासेजका साथै भिडियो तथा फोटो पनि उपलब्ध गराएको छ । एन्ड्रोयड यूजर्सले यो स्टेयर्ड म्यासेजेज फोल्डरमा जानका लागि आफ्नो ड्रपबक्स मेनुको प्रयोग गर्न सक्नुहुनेछ ।
यो फीचरकाे लागी ह्वाट्सएपको वेबसाइटमा गएर त्यहाँ भएको क्यूआर कोड (QR Code) स्क्यान गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो मोबाइलको ह्वाट्सएप एप्लीकेशनसँग पेयर गरेर प्रयोग गर्न सकिन्छ ।
प्रकाशित: २२ कार्तिक २०७२, आईतवार