
काठमाडौं ।
काठमाडौं, २० कात्तिक । जियोनीको नयाँ स्मार्टफोन ईलाइफ एस सिक्स (Elife S6) यहि महिनाभित्र विश्व बजारमा सार्वजनिक हुँदैछ । कम्पनीको बहुप्रतिक्षित यो स्मार्टफोन नोभेम्बर १६ तारिखमा सार्वजनिक हुन लागेको हो । यहि सिलसिलामा कम्पनीले टिजर विज्ञापन सार्वजनिक गरेको छ ।
कम्पनीले हालै सार्वजनिक गरेको चीनियाँ भाषाको विज्ञापनबाट उक्त स्मार्टफोनको बारेमा केहि थप जानकारीहरु बाहिर आएको छ । जिएसएम एरेनाकाअनुसार विज्ञापन हेर्दा कम्पनीले ल्याउन लागेको नयाँ फोन मेटलफ्रेमको रहेको जस्तो देखिन्छ भने यो गोल्ड भर्सनमा उपलब्ध हुनेछ ।
यसअघि नै जियोनीको ईलाइफ एस सिक्स फोन चिनियाँ सर्टिफिकेशन साइट टेनाबाट (TEENA) गुज्रिँदा प्राप्त भएको जानकारीमा ईलाइफ एस सिक्सको मोडल नम्बर जिएन९०१० रहेको थियो भने विज्ञापनमा पनि त्यहि मोडलको फोन देखाईएको छ । यदि यो मोडलको दुबै फोनहरु एकै हुन भने कम्पनीलको ईलाइफ एस सिक्स फोनमा ५.५ इन्चको एचडी एमोलेड टचस्क्रीन राखिएको हुनेछ । त्यस्तै यो फोनमा एलईडी फ्ल्याशसहित १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेल्फीका लागि राखिएको छ ।
जियोनीको नयाँ फोनमा १.३ गीगाहर्जको अक्टा-कोर सीपीयू छ भने २ जीबीको र्याम रहेको छ । यसमा १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ जसलाई बढाउन सकिन्छ ।
फोरजी सपोर्ट गर्ने यो फोनमा ३,१५० एमएएचको ब्याट्री राखिएको छ भने ललीपप ५.१ भर्सनमा यो फोन संचालन हुनेछ ।
फोनको तौल १४५.२ ग्राम तथा ६.९ मिलिमीटर मोटाईको हुनेछ ।
कम्पनीले केहि दिन अघि मात्र भारतमा ईलाइफ एस प्लस (Elife S Plus) स्मार्टफोन सार्वजनिक गरेको थियो । नेपालमा अहिलेसम्म यो फोन उपलब्ध हुन्छ वा हुँदैन भन्ने केहि जानकारी छैन् । तर विश्व बजारमा अाएपछि निकै ढिलो गरी अाउनसक्ने संभावना भने रहेकाे स्रोतकाे भनाई छ ।
यो पनि हेर्नुहोस्-
प्रकाशित: २० कार्तिक २०७२, शुक्रबार