काठमाडौं ।
काठमाडौं, १९ कात्तिक । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले हाल देखिएको उर्जा संकटलाई मध्यनजर गरी राष्ट्रिय उर्जा संकट घोषणा गर्न माग गरेको छ।
आइप्यानले स्वेतपत्र जारी गर्दै १० हजार मेगावाट विद्युत उत्पादन नभएसम्म लागू हुने गरी राष्ट्रिय उर्जा संकट घोषणा गर्न माग गरेको हो । आइप्यानका अध्यक्ष खड्गबहादुर विष्टले मुलुकलाई स्वाभिमान र आत्मनिर्भर बनाउनका लागि उर्जा संकट घोषणा गरी विद्युत उत्पादनको कामलाई तिब्रता दिइनुपर्ने बताए। उनले खाना पकाउने एलपीजी ग्याँसको अहिलेको खपतलाई ८ सय ५० मेगावाट विद्युतले विस्थापन गर्न सक्ने बताए।
विद्युत उत्पादन सुरु भएको एक सय ४ वर्ष वित्दा हाल नेपालमा ७ सय ५८ मेगावाट विद्युत मात्र उत्पादन भएको छ।
आइप्यानले विद्युतीय यातायातलाई बढावा दिने गरी, कम्तिमा एकसय दिनलाई पुग्ने इन्धन भण्डारण गर्ने गरी तथा चीन र तेस्रो मुलकबाट इन्धन खरीद् गर्ने गरी राष्ट्रिय उर्जा सुरक्षा नीति तर्जुमा गर्न, जलाशययुक्त आयोजनाको निर्माण गर्न, निर्माण तथा हस्तान्तरण विधिबाट प्रसारण लाइन विस्तार गर्न माग गरेको छ । आइप्यानले चीनसँग विद्युत व्यापार सम्झौता गर्न तथा विद्युतीय यातायातको साधन र खाना पकाउने उपकरणको आयातमा लाग्ने करमा उच्च कटौती गर्न पनि माग गरेको छ।
आइप्यानले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना कम्पनी मोडलमा निर्माण गर्नु उत्तम हुने समेत बताएको छ ।
प्रकाशित: १९ कार्तिक २०७२, बिहीबार