लेनोभोको विण्डोज १०मा आधारित ल्यापटप, चार फरक तरिकाले प्रयोग गर्न सकिने

Technology Khabar १६ कार्तिक २०७२, सोमबार

काठमाडौं ।

काठमाडौं, १६ कात्तिक । लेनोभो कम्पनीले नयाँ ल्यापटप सिरिज योगा ७०० सार्वजनिक गरेको छ । कम्पनीले यो ल्यापटप अमेरिकी बजारलाई ध्यानमा राखेर पहिलो चरणमा सार्वजनिक गरेको हो ।

लेनोभोको यो ल्यापटप ११ इन्च तथा १४ इन्चको दुई स्क्रीन साइजमा बजारमा ल्याईएको हो ।

यो ल्यापटपलाई चार फरक फरक तरिकाले प्रयोग गर्न सकिने कम्पनीको भनाई छ । यसलाई ल्यापटप, ट्याबलेट, टेन्ट तथा स्ट्याण्डको रुपमा प्रयोग गर्न सकिन्छ । लेनोभो योगा ७०० ल्यापटपको दुबै साइजमा माइक्रोसफ्टको पछिल्लो अपरेटिंग सिस्टम विण्डोज १० राखिएको छ भने अडियोका लागि डलबी डिएस १.० होम थिएटर टेक राखिएको छ ।Lenovo-Yoga-700-3

लेनोभो योगा ७०० को १४ इन्चको मोडलमा फूल एचडी १० प्वाइन्ट मल्टी टच आईपीएस डिस्प्ले रहेको छ । यो ल्यापटप सिक्स्थ जेनोरेशनको स्काईलेक इन्टेल कोर आई सेभेन प्रोसेसद्धारा संचालन हुन्छ भने यसमा इन्टेलको एचडी ग्राफिक्स ५२० तथा ८ जीबी डिडिआरथ्रीएल र्याम राखिएको छ । प्रयोगकर्ताले यो ल्यापटपमा छुट्टै २ जीबीको एनभिडिया जीफोर्स जीटी ९४०एम डिस्क्रीट जीपीयू पनि राख्न सकिने अप्शन दिईएको छ ।

यसमा १२८ जीबी र २५६ जीबीको इन्टरनल स्टोरेज क्षमता रहेको छ भने यसको वेबक्याम एचडी (७२० पिक्सेल) गुणस्तरको छ ।

कनेक्टिभिटीका लागि यसमा ब्लूटूथ ४.१ भर्सन, वाईफाई, दुईवटा यूएसबी ३.० पोर्ट, कार्ड रिडर तथा एचडीएमआई राखिएको छ । करिब १.६ किलोग्राम तौल भएको यो ल्यापटपमा फोर सेल ४५ डब्लूएच ली परिमर ब्याट्री जडान गरिएको छ ।Lenovo Yoga 700_2

त्यसैगरी यसको अर्को ११ इन्चको मोडलमा ११.६ इन्चको १० प्वाइन्ट टच स्क्रीनको फूल एचडी डिस्प्ले राखिएको छ । यसमा ६४ बिटको इन्टेर कोर एमथ्री ६वाई३० प्रोसेसर राखिएको छ । यो ल्यापटपमा ४ जीबीको र्याम तथा १२८ जीबीको एसएसडी स्टोरेज छ ।

यसको तौल १.१ किलोग्राम छ भने यसमा ४० डब्लूएचआर ली पोलिमर ब्याट्री राखिएको छ जसले ७ घण्टासम्मको ब्याट्री ब्याकअप दिन्छ । यसमा यूएसबी ३.० पोर्ट तथा माइक्रो एचडीएमआई पोर्ट मात्र राखिएको छ ।

लेनोभोको सिनियर भ्वाइस प्रेसेडेन्ट जोनसन जियाले ल्यापटप सार्वजनिक गर्दै भने, ‘हामीलाई थाहा छ की राम्रो कार्यक्षमता, पोर्टेबल, राम्रो साउण्ड, तथा डिस्प्लेजस्ता फीचर्सहरु छन्, जुन ग्राहकहरुले राम्रो किसिमको ल्यापटपमा खोज्दछन् । यसैले हामीले यो सबै फीचरसहितको योगा ७०० ल्यापटप बनाएका हौं ।’

लेनोभोले अमेरिकी बजारमा यो ल्यापटपको मूल्य १४ इन्चका लागि ७०० डलर तथा ११ इन्चको लागी ६४९ डलर तोकेको छ । यो ल्यापटक आउँदो महिनादेखि मात्र बिक्री शुरु हुनेछ भने अन्य मुलुकहरुमा कहिले सार्वजनिक हुन्छ भन्ने कुनै जानकारी छैन् । एजेन्सीको सहयोगमा

प्रकाशित: १६ कार्तिक २०७२, सोमबार

तपाइको प्रतिक्रिया