सामसुंगको टाइजेन स्मार्टफोन जेड थ्री सार्वजनिक, अघिल्लो मोडल जेड वान भन्दा निकै ससक्त

Technology Khabar २८ आश्विन २०७२, बिहीबार

काठमाडौं ।

काठमाडौं, २८ असोज । सामसुंगले टाइजेनमा आधारित नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बजेट फोनको रुपमा नयाँ स्मार्टफोन जेड थ्री सार्वजनिक गरेको हो । सामसुंगले केहि समय अघि आफ्नो पहिलो टाइजेनमा आधारित स्मार्टफोन जेड वान भारतीय बजारमा सार्वजनिक गरेको थियो । यसैलाई निरन्तरता दिँदै कम्पनीले टाइजेन स्मार्टफोन जेड थ्री भारतीय बजारमा सार्वजनिक गरेको छ ।

सामसुंगको नयाँ स्मार्टफोन अनलाइन रिटेलर स्न्यापडीलमा मात्र खरिद गर्न सकिनेछ भने यो फोन २१ अक्टोबरदेखि मात्रै खरिद गर्न सकिन्छ । इन्ट्रि लेभलको स्मार्टफोन जेड वानभन्दा केहि माथिको सेगमेन्टमा यो फोन आएको छ । सामसुंग जेड थ्रीमा करिब करिब ग्यालेक्सी एस थ्रीको जस्तै हार्डवेयर प्रयोग गरिएको हुँदा यो अझ नयाँ र ससक्त भएको छ ।MobilesKhabar_2

सामसुंग जेड थ्री स्मार्टफोनमा ५ इन्चको सूपर एमोलेड डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन ७२०ह् १२८० रहेको छ । जेड थ्री स्मार्टफोन टाइजेनको सबैभन्दा नयाँ संस्करण भी २.३ मा संचालन हुन्छ, जसमा अल्ट्रा डाटा सेभिंग मोड रहेको छ, जुन फीचर यसअघि एन्ड्रोयडमा आधारित ग्यालेक्सी जे टूमा पनि रहेको थियो । यो फीचरले स्मार्टफोनको ब्राउजर बाहेकका अधिकांश एप्सको ५० प्रतिशत डाटा बचत गर्नसक्ने कम्पनीको भनाई छ ।

सामसुंग जेड थ्रीमा ग्यालेक्सी एस थ्रीको जस्तै १.३ गीगाहर्जको स्प्रेडट्रम चीपसेटका साथमा क्वाड कोर प्रोसेसर राखिएको छ । त्यसैगरी यसमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

दुई सिम सपोर्ट गर्ने यो फोनमा ३ करोड भन्दा बढि मिक्स रेडियो ट्रयाक सुन्न सकिन्छ ।

यो फोनमा एलईडी फ्ल्याशसहितको ८ मेगापिक्सेलको रियर क्यामराका साथै ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यसको फ्रन्ट क्यामराले १२० डिग्रीसम्मको सेल्फी मोडमा फोटो खिच्न सक्दछ ।MobilesKhabar_3

कनेक्टिभीटीका लागि यसमा थ्रीजी, वाईफाई, ब्लूटूथ ४.० भर्सन, जीपीएसलगायतका अप्शन छन् भने २,६०० एमएएचको ब्याट्री राखिएको छ ।

भारतीय बजारमा यो स्मार्टफोनको मूल्य भारु ८, ४९० रुपैंया राखिएको छ, जुन गोल्ड, ब्ल्याक तथा सिल्भर कलर भेरिएन्टमा उपलब्ध हुनेछ । यो फोनको खरिदमा भेडाफोन यूजर्सले दुई महिनाको लागि १ जीबीसम्म थ्रीजी डाटा निशुल्क प्राप्त गर्न सक्नेछन् ।

सामसुंगले विकासोन्मुख मुलुकको बजारलाई ध्यानमा राखेर टाइजेनमा आधारित स्मार्टफोनहरु ल्याएको हो ।

यो फोन कम्पनीले छिटै रसियामा पनि सार्वजनिक हुँदैछ । कम्पनीले मस्कोमा आयोजना हुने सामसुंग इलेक्ट्रोनिक्स इन्टरप्राइज मोबिलिटी फोरममा यो फोन सार्वजनिक गर्ने भएको हो ।

बजेट फोनको रुपमा रहेको यो फोन नेपालमा आउने नआउने बारे केहि जानकारी छैन् । तर यसअघिको मोडल जेड वान नेपालमा आईसकेको हुँदा यो फोन पनि छिटै आउने अनुमान भने गर्न सकिन्छ ।

प्रकाशित: २८ आश्विन २०७२, बिहीबार

तपाइको प्रतिक्रिया