
काठमाडौं ।
काठमाडौ, १४ असोज । नेपालको आन्तरिक उडानलाई अनलाईन मार्फत वुकिङ्ग गर्ने प्लेटफर्म, नेप्फ्लाईट्सले २०१५ को रेड हेर्रिङ्ग टप १०० एसिया एवार्ड जितेको छ । रेड हेर्रिङ्गले यो टप १०० एवार्ड, एसियामा आ-आफ्नो क्षेत्रमा ई्नोभेसन र प्रविधिको प्रयोग गरी प्रभावशालीरुपमा काम गरिरहेको प्राईभेट कम्पनिलाई सम्मान स्वरुप प्रधान गरेको हो।
रेड हेर्रिङ्ग टप १०० एसिया एवार्ड एसियन व्यापारिक क्षेत्र भित्र काम गर्ने वर्षको सवैभन्दा प्रगतिशिल र सम्भावना वोकेको प्राईभेट कम्पनीलाई हरेक वर्ष दिने गरिन्छ । यसअघि गुगल, फेसवुक, ट्वीटर, सेल्सफोर्स, सायोमी र युटुव जस्ता कम्पनीले यो एवार्ड जितेका थिए।
नेप्फाईट्स सवै एयरलाईन्सको टिकट एकै ठाउमा पाईने अनलाईन फ्लाईट वुकिङ्ग प्लेटफर्म हो । अहिले नेप्फलाईट्सवाट जोसुकैले आफ्नो घर वा अफिसबाट नै टिकट किन्न सक्दछन् । यसको प्रत्यक्ष लाभ विश्वको विभिन्न स्थानवाट नेपाल घुम्न आउने पर्यटकहरुले लिन सक्ने कम्पनीले जनाएकोछ।
‘कुनै एउटा बलियो संभावित कम्पनी छान्नु कुनै सानो कमाल होइन ।’ रेड हेर्रिङ्गले प्रकाशक तथा प्रमुख कार्यकारी अधिकृत एलेक्स विएउक्सले भने, ‘गहिरो अवलोकन र छलफल पश्चात हामीले हाम्रो सूचीका एशिया भरिका १०० औ उम्मेदवारबाट, शीर्ष १०० विजेता सुचिक्रित गर्यौं। हामी बिश्वास गर्छौ कि नेपफ्लाइटसले नविनता, भिजनलाई लिदै एक सफल उद्यमलाई परिभाषित गर्दछ।’
रेड हेर्रिङ्ग सम्पादकहरुले हरेक कम्पनिहरुलाई उनीहरुको वित्तीय प्रदर्शन, प्रविधि नवीनता, व्यवस्थापन गुण, रणनीति, र बजार ब्यस्थापनको आधारमा मात्रात्मक र गुणात्मक दुवै मापदण्डबाट मूल्यांकन गर्ने गर्दछन ।
प्रकाशित: १४ आश्विन २०७२, बिहीबार