नेपाल वित्तिय संस्था संघमा नयाँ कार्यसमिति

  • Technology Khabar | १० आश्विन २०७२, आईतवार
नेपाल वित्तिय संस्था संघमा नयाँ कार्यसमिति

काठमाडौं ।

 नेपाल वित्तिय संस्था संघको १९औं साधारणसभाबाट नयाँँ कार्यसमिति निर्वाचित भएको छ । संघमा गुडविल फाइनान्सका कार्यकारी अधिकृत सरोजकाजी तुलाधारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।

संघमा प्रथम उपाध्यक्ष सगरमाथा फाइनान्सका कार्यकारी अधिकृत मनवाहिङ्ग राई, द्धितीय उपाध्यक्षमा नारायणी नेशनल फाइनान्सका नरेशसिंह बोहरा, महासचिवमा रिलायन्स लोटस फाइनान्सका अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल एक्सप्रेस फाइनान्सका सुनिल नारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा राजमोहन कर्माचार्य युनिक फाइनान्स, राजकुमार राई काठमाडौं फाइनान्स, दिनेशलाल श्रेष्ठ गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स, रजोजमान श्रेष्ठ सेन्ट्रल फाइनान्स, लक्ष्मीलाल नकर्मी जेबिल्स फाइनान्स र विनोदकुमार कार्की नेपाल फाइनान्स लि. चयन भएका छन् ।

प्रकाशित: १० आश्विन २०७२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...