
काठमाडौं ।
काठमाडौं, १४ भदौ । नेपाल-भारतबिचको सीमामा रहेका हरेक स्तम्भमा ग्लोबल पोजिशनिंग सिस्टम लगाईने भएको छ । नेपाल भारत सीमा कार्यकारी समूह (बीडब्ल्यूजी) को बैठकले सीमामा रहेका स्तम्भहरुमा ग्लोबल पोजिशनिंग सिस्टम (जीपीएस) लगाउने निर्णय गरेको हो ।
यो निर्णय नेपाल-भारत सीमा कार्यकारी समूहको अगस्ट २६/२७ तारिखमा देहरादूनमा बसेको बैठकले जीपीएस लगाउने निर्णय गरेको हो ।
बैठकले दुबै देश आफ्नो १ हजार ८ सय ८० किलोमिटर लामो सीमामा ८३ वटा नियन्त्रण इकाई बनाउने तथा सीमामा रहेको ८ हजार ५ सय ५३ स्तम्भहरुमा जीपीएस लगाउने निर्णय गरिएको छ ।
उक्त बैठकमा नेपाली पक्षको नेतृत्व गर्ने सर्वेक्षण विभागका महानिर्देशक मधुसूदन अधिकारीले भने, ‘एक पटक जीपीएस लगाएपछि कुनै पनि प्राकृतिक आपतकालीन अवस्थामा वा कसैले यी खम्बाहरुलाई हानी गरेमा यी खम्बाहरुको खोजतलाश गर्न सहज हुनेछ ।’
यो सहमतिका बाबजुद जीपीएसमा दुबै देशहरुबिच सीमा निर्धारणको विषयमा बिवाद आउन सक्नेछ । अहीले पनि यी सीमा स्तम्भहरु कुन स्थानमा थिए भन्ने विषयमा विवाद हुँदै आएको थियो । तर महानिर्देशक अधिकारीले जीपीएस सीमा स्तम्भहरुमा स्थाईरुपमा लगाईने बताए । उनकाअनुसार सीमाको दुबै तर्फ बनाईने ८३ नियन्त्रण इकाइहरुद्धारा सीमामा लगाईएको स्तम्भहरुको बारेमा सबै जानकारी लिईनेछ ।
अधिकारीकाअनुसार सीमामा रहेका कुल ८ हजार ५ सय ५३ खम्बाहरुमध्ये १ हजार ३ सय २५ हराएका छन भने १ हजार ९ सय ५६ क्षतिग्रस्त अवस्थामा छन् । यसबाहेक बीडब्ल्यूजी बैठकले अन्य निर्णय पनि गरेको बताईएको छ । एजेन्सीबाट
प्रकाशित: १४ भाद्र २०७२, सोमबार