हुवावेको पी८ वेष्ट कन्ज्यूमर स्मार्टफोन भयो, ग्यालेक्सी एस६ एजलाई एडभान्स स्मार्टफोनको उपाधि

Technology Khabar ३२ श्रावण २०७२, सोमबार

काठमाडौं ।

काठमाडौं, ३२ साउन । हुवावेको पछिल्लो स्मार्टफोन पी ८ ले उत्कृष्ट उत्पादनको अवार्ड हात पार्न सफल भएको छ । यूरोपियन इमेज एण्ड साउण्ड एशोसियसन(European Image and Sound Association) EISA ले यो वर्षको उत्कृष्ट उत्पादन अवार्ड बिजेताहरुको घोषणा गरेको छ । एशोसियनले मोबाइल डिभाइसहरुमध्येको सबैभन्दा उत्कृष्ट उत्पादनमा हुवावेको पी८ लाई छनौट गरेको छ । Huawei-P8

हुवावेको पछिल्लो स्मार्टफोन पी ८ ले बेष्ट प्रडक्ट अवार्ड फर कन्ज्यूमर स्मार्टफोन जितेको छ । यो अवार्ड यूरोपभरका मल्टिमिडिया पब्लिकेशन्सहरुका सहभागि सम्पादकहरुको मतको आधारमा जितेको हो ।Samsung-Galaxy-S6-edge

त्यसैगरी मोबाइल डिभाइसका अन्य सब क्याटोगोरीको पनि घोषणा गरेको छ । यसमध्ये सामसुंगको चर्चित स्मार्टफोन ग्यालेक्सी एस सिक्स एजले यूरोपियन एडभान्स स्मार्टफोनको उपाधि जितेको छ । सोनीको नयाँ स्मार्टफोनले पनि एउटा उपाधि जितेको छ । सोनीको एक्सपेरिया जेड थ्री प्लसले यूरोपियन मल्टिमिडिया स्मार्टफोनको उपाधि जितेको हो ।Xperia-Z3-_Eisa-Award

यस अन्तरगत ट्याबलेटको उपाधि भने लेनोभोको योगा ट्याबलेट २ प्रोले जितेको छ ।Lenovo-YOGA-Tablet-2-Pro

विभिन्न उपाधिहरुका बिचमा कोरियाली कम्पनी एलजीले भने यो वर्षको दुई ठूला उपाधि जितेको छ । एलजीको जी फोरले बेष्ट स्मार्टफोन क्यामरा तथा एलजीकै वाच अर्बानले बेष्ट वेयरेबल डिभाइसको उपाधि जित्न सफल भएको छ ।LG-G4-EISA-Award

LG-Watch-Urbane-

प्रकाशित: ३२ श्रावण २०७२, सोमबार

तपाइको प्रतिक्रिया