
काठमाडौं ।
काठमाण्डौ, ३१ असार । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडले बिटुमिनजन्य पदार्थको उत्पादन गर्न अध्ययन शुरु गरेको छ ।
कम्पनीको २६ औं वार्षिक साधारण सभामा प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले यस उद्योगले पोलिमर बिटुमिन उत्पादन गरि उत्पादन विविधिकरण गरेको तथा अन्य बिटुमिनजन्य पदार्थको उत्पादन गर्न आवश्यक अध्ययन सुरू गरिएको जानकारी दिए ।
साथै रबराइज्ड बिटुमिन, पोलिमर बिटुमिन र बिटुमिन इमल्सन उत्पादन गर्ने कच्चा पदार्थ बल्क बिटुमिन र सोबाट उत्पादन हुने तयारी पदार्थ रबराइज्ड बिटुमिन, पोलिमर बिटुमिन तथा बिटुमिन इमल्सनको र तयारी पदार्थको भन्सार दरबन्दी एउटै भएको हुँदा उत्पादनमूलक उद्योगलाई ठूलो मर्का परिरहेको गुनासो गरे ।
कम्पनीले आफ्ना शेयरधनीहरूलाई ४० प्रतिशत बोनस शेयर प्रदान गरेको जनाएको छ ।
प्रकाशित: ३१ असार २०७२, बिहीबार