
काठमाडौं ।
काठमाडौं, २५ असार । सोनीले आफ्नो स्मार्टफोन प्रयोगकर्ताका लागि नयाँ एन्ड्रोयड एप लन्च गरेको छ । यो एप लाइभ स्ट्रीमिंग गेम्सको समयमा प्रयोगकर्तालाई सहयोगी हुनेछ । सोनीको नयाँ एपको सहयोगमा यूट्यूब तथा ट्विचमा अनलाइन गेम्स खेल्न सकिन्छ ।
सोनीले सार्वजनिक गरेको यो एप सिमित स्मार्टफोन मोडलमा मात्र हालको लागि उपलब्ध गराएको छ ।
सोनीको यो एपको नाम लाइभ स्क्रीन स्ट्रीमिंग Live Screen Streaming रहेको छ । जसलाई सोनी मोबाइल कम्यूनिकेशनले विकास गरेको हो । यो एपलाई विशेष किसिमले डिजाइन गरिएको छ जसले ट्विच तथा यूट्यूबमा पनि यूजर्सलाई गेम्स रेकर्ड गर्नको लागि मद्धत गर्दछ । साथै स्क्रीनमा हुने हरेक कार्यको लाइभ स्ट्रीमिंगको सुविधा उपलब्ध गराउँछ ।
सोनीले हालका लागि यो एप एक्सपेरिया सिरिजको चार सेटका लागि मात्र विकास गरेको छ । यो एपको सुविधा हाल एक्सपेरिया जेड थ्री प्लस, एक्सपेरिया जेड फोर तथा एक्सपेरिया जेड फोर भीमा मात्र प्रयोग गर्न सकिन्छ ।
यसका साथै सोनीको एक्सपेरिया सिरिजको ट्याबलेट जेड फोरमा पनि यो एपको प्रयोग गर्न सकिन्छ ।
सोनीले नयाँ एप यहि जूलाई ७ तारीखदेखि सार्वजनिक गरेको हो । गूगलको प्लेस्टोरमा उपलब्ध हुने यो एपको साइज १३ एमबीको छ, जसको हालको भर्सन २.०.०.ए.२.९ (2.0.0.A.2.9) हो ।
यो एप एन्ड्रोयडको ललीपप ५.० भर्सन तथा त्यो भन्दा नयाँ भर्सनमा मात्र इन्स्टल गर्न सकिन्छ ।
यो एपलाई हालसम्म २० जनाले ४.५ रेटिंग गरेका छन् । यो एप अन्य एन्ड्रोयड प्रयोगकर्ताका लागि कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् ।
प्रकाशित: २५ असार २०७२, शुक्रबार