
काठमाडौं ।
काठमाडौं, २५ असार । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिक्रित बिक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा. लि.ले नेपालमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार प्रवर्धन गर्ने प्रतिवद्धता अनुरुप पहिलो चरणमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालसंग गरिएको सम्झौता अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपालको केन्द्रिय कार्यालयमा नमुना शौचालय बनाएको हो ।
अपाङ्गता भएका ब्यक्तीहरुको स्वस्थ रहने अधिकारको संरक्षण तथा प्रवर्धन गर्ने कार्यमा योगदान पुर्याउने हेतुले निर्माण गरिएको शौचालय एक कार्यक्रमको अयोजना गरि राष्ट्रिय अपाङ्गमहासंघ नेपाललाई हस्तान्तरण गरेको छ ।
यसको साथै कम्पनिले काठमाडौं उपत्यकाभित्र रहेका अन्य सार्वजनिक शौचालयलाई आवश्यक्ता अनुरुप व्यवस्थित मर्मत संभार गरि अपाङ्गतामैत्री बनाउने तथा ५० थान निःशुल्क व्हीलचेअर बितरण गर्ने जनाएको छ ।
यस कार्य सम्पन्न गर्नको लागी कम्पनिले कुल रु. २० लाखको बजेट विनियोजन गरेको छ । साथै भविष्यमा पनि राष्ट्रिय अपाङ्गमहासंघ नेपाल संग संस्थागत र कार्यगत एकता कायम राखि अन्य यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
प्रकाशित: २५ असार २०७२, शुक्रबार