
काठमाडौं ।
काठमाडौं, २४ असार । पछिल्लो समय स्मार्टफोन प्रेमीहरुलाई प्रतिक्षाको विषय भएको सामसुंगको ग्यालेक्सी ए एट (Galaxy A8) स्मार्टफोन अब लन्च हुने दिन नजिकिँदै गएको छ । केहि समय अघि मात्रै यो स्मार्टफोनको बारेमा फोटो तथा भिडियो र अन्य जानकारी लीक भएको थियो ।
सामसुंगको ग्यालेक्सी ए एट स्मार्टफोन अब सबैभन्दा पहिले जूलाई १७ तारिखमा चीनमा सार्वजनिक हुने भएको चर्चा शुरु छ ।
यो स्मार्टफोनको विभिन्न जानकारी आएपनि यसले एफसीसी (FCC) तथा टेना (TENAA) सर्टिफिकेशन पास गरेको छ की छैन भन्ने कुनै जानकारी आएको छैन् । तरपनि यो स्मार्टफोन औपचारिकरुपमा बजारमा कहिलेसम्म आउँछ भन्ने जानकारी आउन सकेको छैन् ।
यो स्मार्टफोन सामसुंगको ए सिरिजमा आउन लागेको नयाँ स्मार्टफोन हो । यो स्मार्टफोनमा ५.७ इन्चको फूल एचडी एमोलेड डिस्प्ले रहेको छ जुन ग्यालेक्सी एस सिक्सको आकारभन्दा केहि बढाईएको जस्तोछ । यसमा स्न्यापड्रयागन ६१५ को चीपसेट प्रयोग गरिएको छ भने २ जीबीको र्याम राखिएको छ । यसमा आन्तरिक स्टोरेजको लागी १६ जीबीको मेमोरी रहेको छ, जसलाई बढाउन सकिन्छ ।
यो स्मार्टफोनमा तस्विर खिच्नको लागि एफ १.९ तथा १६ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यो स्मार्टफोनमा हुने होम बटनमा आवश्यक फींगर प्रिन्ट रिडर पनि राखिएको छ ।
सामसुंगको ग्यालेक्सी ए एट स्मार्टफोनको मूल्य करिब ४९४ अमेरिकी डलर हुनसक्नेछ, जुन ग्यालेक्सी ए सेभेनभन्दा निकै माथि हो । यो स्मार्टफोन चीनभन्दा बाहिर अर्थात विश्व बजारमा कहिले उपलब्ध हुन्छ भन्ने हालसम्म कुनै जानकारी छैन् ।
प्रकाशित: २३ असार २०७२, बुधबार