सामसुंगले १० लाखभन्दा बढि ‘जेड वान’ बिक्री गर्यो, नयाँ संस्करण अाउँदै

  • Technology Khabar | १४ असार २०७२, सोमबार
सामसुंगले १० लाखभन्दा बढि ‘जेड वान’ बिक्री गर्यो, नयाँ संस्करण अाउँदै

काठमाडौं ।

काठमाडौं, १४ असार । सामसुंगले टाइजेनमा आधारित पहिलो स्मार्टफोन जेड वान (Z1) दश लाख भन्दा बढि यूनिट बिक्री गरेको छ । कम्पनीले जेड वान स्मार्टफोन सार्वजनिक भएको ६ महिनाभित्र यो उपलब्धि हासिल गरेको हो ।

सामसुंगले टाइजेन (Tizen) अपरेटिंग सिष्टममा आधारित जेड वान स्मार्टफोन यहि जनवरीमा भारतमा लन्च गरेको थियो । बजेट फोनको रुपमा ल्याएको यो फोन भारतीय बजारलाई लक्षित गरेर सार्वजनिक गरिएको थियो ।

‘यो हाम्रो लागि अनुमान गरेभन्दा राम्रो हो ।’, सामसुंग इण्डियाका भ्वाइस प्रेसिडेन्ट फर मार्केटिंग, मोबाइल एण्ड आईटी असिम वार्सीले भने, ‘यसले यो बराबरका तथा यो भन्दा राम्रो मोडलको तुलनामा पनि हाम्रो पोर्टफोलियोमा राम्रो गरेको छ ।’

दक्षिण कोरियाली कम्पनीले अब यो मोडलको गोल्ड कलर भेरियन्टमा नयाँ फोन ल्याउने योजना गरेको छ । कम्पनीले आगामी महिनामा करिब १०० डलर मूल्यमा नयाँ भेरियन्ट ल्याउन लागेको हो ।

वार्सीकाअनुसार जनवरीको तुलनामा टाइजेन स्टोर (Tizen Store) मा अब एप्सको संख्या दोब्बरले वृद्धि भएको छ । त्यस्तै यो स्टोरमा यहि जुलाई ३० ३१ मा भारतमा हुने टाइजेन डेभलपमेन्ट समीटपछि थप एप्स राखिने बताईएको छ ।

यसअघि सामसुंगले भारतमा ५ लाख यूनिट जेड वान स्मार्टफो बिक्री गरेको समाचार आएको थियो । यो स्मार्टफोन हाल भारतका अलावा बंगलादेशमा पनि बिक्री हुँदै आएको छ । नेपालमा भने यो स्मार्टफोन हालसम्म उपलब्ध छैन् ।

यो पनि हेर्नुहोस् –

सामसुंगको ‘जेड वान’ बंगलादेशमा पहिलो स्थानमा

प्रकाशित: १४ असार २०७२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १४ असार २०७२, सोमबार

NOC from Nagarik App

  • १४ असार २०७२, सोमबार

E-pension verification system launched

  • १४ असार २०७२, सोमबार