लुम्बिनी बैंकको उज्जवल तारा बचत खाता

  • Technology Khabar | ३१ जेष्ठ २०७२, आईतवार
लुम्बिनी बैंकको उज्जवल तारा बचत खाता

काठमाडौं ।

काठमाडौं, ३१ जेठ । लुम्बिनीे बैंक लिमिटेडले  व्यक्तिगत बचत योजनालाई लक्षित गरेर लुम्बिनी उज्जवल तारा बचत खाता ल्याएको छ । १ दिने शिशुदेखि १६ वर्षसम्मको बालबालिकालाई लक्षित गरेर लुम्बिनी उज्जवल तारा बचत खाता ल्याइएको बैंकले जानकारी दिएको छ ।

लुम्बिनी उज्जवल तारा बचत खाता न्यूनतम रु.५०० मा खोल्न सकिनेछ जस अन्तर्गत बैंकले ४.५ प्रतिशत वार्षिक ब्याजदर त्रैमासिक भुक्तानी, निःशुल्क चेकबुक तथा अनलाइन बैंकिङ्ग, एसएमएस अलर्ट, एससीटी डेबिट कार्डको निःशुल्क मासिक ५ वटा एटीएम कारोबारको सुविधा प्रदान गर्नुको साथै अभिभावकको खाताबाट यस योजना अन्तर्गत खुलेको खातामा गरिने नियमित रकम ट्रान्सफरको निर्देशन निःशुल्क कार्यान्वयन गरिने बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

आर्थिक वर्ष २०७१/७२ कोे तेस्रो त्रैमासिकको अन्त्यमा बैंकको कुल निक्षेप रु.१८.६४ अर्व, कुल कर्जा रु.१६.७५ अर्व तथा खुद मुनाफा रु.२४.६७ करोड रहेको छ । साथै हाल बैंकले १८ वटा शाखा मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको छ तथा भविष्यमा थप नयाँ र आकर्षक निक्षेप योजनाहरु सार्वजनिक गर्दै जाने जानकारी दिएको छ ।

प्रकाशित: ३१ जेष्ठ २०७२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार