
काठमाडौं ।
काठमाडौं, १० जेठ । भारतीय स्मार्टफोन कम्पनी इन्टेक्सले जुलाईमा दुईवटा स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले ल्याउन लागेको स्मार्टफोनहरुमा निशुल्क कल गर्ने सुविधा उपलब्ध हुनेछ ।
इन्टेक्सले सिंगापुरको मोबाइल एप्लिकेशन कम्पनी जेनटे कम्यूनिकेशन्ससँग सहकार्य गरेको छ । इन्टेक्सको नयाँ फोन ‘नानू’ सफ्टवेयरयुक्त हुनेछ ।
नानूको मूल कम्पनी जेनटे कम्यूनिकेशनको मुख्य कार्यकारी मार्टिन नाइगेटले यो निशुल्क कलिंग एपलाई टूजी क्षेत्रको लागि डिजाइन गरिएको बताए । यो एपद्धारा लाखौं संख्यामा ग्रामीण उपभोक्ताले फाईदा उठाउन सक्नेछन् ।
उनका अनुसार विश्वभर यो एप २२ लाख व्यक्तिहरुले प्रयोग गरिरहेका छन् भने भारतमा पहिले नै नानूको १५ लाख उपभोक्ताले डाउनलोड गरिसकेका छन् ।
इन्टेक्स टेक्नोलोजी इण्डियाका मोबाइल कारोबार प्रमुख संजय कुमार कलिरोनाले भने, स्मार्टफोन विशेषगरी भारतमा अत्यधिक प्रतिस्पर्धी क्षेत्र भएको छ, ‘जहाँ यसको मूल्यले अधिक महत्व राख्दछ ।’ फोनमा पहिलेदेखि नै नानू एप हुनाले फोनलाई आकर्षक बनाउनुका साथै बजारमा पनि क्रान्ति ल्याउने उनले विश्वास व्यक्त गरे । एजेन्सी
प्रकाशित: १० जेष्ठ २०७२, आईतवार