हुन्डाइ “दशै तिहार मिस्सी, बादशाह, एक्का अफर” उपहार विजेताहरुको घोषणा

  • Technology Khabar | १८ फाल्गुन २०७१, सोमबार
हुन्डाइ “दशै तिहार मिस्सी, बादशाह, एक्का अफर” उपहार विजेताहरुको घोषणा

काठमाडौं ।

काठमाडौं, १८ फागुन । नेपाल स्थित हुन्डाइको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले दशै तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई दशै तिहार—मिस्सी, बादशाह, एक्का अफर योजनाको विजेताहरुको घोषणा गरेको छ ।

उक्त योजना अन्तर्गत लक्की ड्र मार्फत मिस्सी, वादशाह, एक्काको साथसाथै ५ लाख सम्मको नगद छुट रहेको थियो । जसमा हुन्डाइ गाडीको खरिद गर्दा मिस्सी अन्तर्गत १० जोडीलाई मलेशिया थाइल्याण्डको होलिडे ट्रिप, वादशाह अन्तर्गत १ जनालाई हुन्डाइ आई२० स्पोट्रज गाडी र एक्का अन्तर्गत १ जनालाई हुन्डाइ भेर्ना १.४ गाडी उपहार स्वरुप थियो ।
जसमा मिस्सी अन्तर्गत मलेशिया थाइल्याण्डको होलिडे ट्रिप पाउने १० जना ग्राहकहरुमा कुपन नं. ९९ का होटल द डबल ट्रि, कुपन नं. २१४ का विनोद सुवेदी, कुपन नं. २५८ का रविन्द्र खड्गी, कुपन नं. ३८६ का डा. कुवेर कुमार रेग्मी, कुपन नं. ५१८ का हरि प्रसाद सुवेदी, कुपन नं. ५९९ का मधु जनरल स्टोर्स, कुपन नं. ६३७ का भर्ग सेभिङ एण्ड क्रेडिट को अपरेटीभ लि., कुपन नं. ६३८ का डा. कन्चन अधिकारी, कुपन नं. ६६३ का सिता रिजाल, कुपन नं. ९७३ का गणेश ट्रेडिङ्ग सेन्टर रहेका छन् ।

त्यसैगरी वादशाह अन्तर्गत हुन्डाइ आई२० स्पोर्टज कुपन नं. ३९८ का नवराज वानियाँले पाएका छन् । एक्का अन्तर्गत हुन्डाइ भेर्ना १.४ गाडी पाउने ग्राहक अन्तर्गत कुपन नं. २३१ का कृष्ण प्रसाद लम्साल रहेको कम्पनीले जनाएको छ । उक्त योजना २०७१ भदौ १५ देखि कार्तिक १२ गते सम्म चलेको थियो ।

प्रकाशित: १८ फाल्गुन २०७१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार