
काठमाडौं ।
काठमाडौं, १५ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडको फागुन १४ गतेदेखि आफ्नो ५६ औं शाखा महोत्तरीको मटिहानी बजारमा स्थापना गरेको छ ।
रु. २ अर्ब ७७ करोड ६२ लाख चुक्ता पुँजी रहेको बैकले २०७१ साल पौष मसान्त सम्ममा रु ३९ अर्ब ६१ करोड १८ लाख निक्षेप परिचालन गरी रु. ३३ अर्ब ६४ करोड ९३ लाख कर्जा प्रवाह गर्नुका साथै रु. १ अर्ब ९९ करोड ट्रेजरी बिल लगायतमा लगानी गरेको छ भने सो अबधिमा रु. ३४ करोड ४० लाख खुद मुनाफा गरेको जनाएको छ ।
माछापुच्छ्रे बैकको संचालित नयाँ शाखाबाट आफ्ना ग्राहकहरुलाई Any Branch Banking सेवा, ग्राहकहरुको मासिक टेलिफोनको बिलको भुक्तानी सेवा, ग्राहकको मोवाईलको मासिक बिल भुक्तानी सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, एसएमएस बैंकिंग सेवा, एटिएम (डेबिट) कार्ड लगायतका सुबिधा उपलब्ध गराएको जानकारी दिएको छ ।
बैकले पुर्वमा फिदिम, पाँचथर देखि पश्चिममा धनगढी र हिमाल पारी जोमसोम देखि तराईका विभिन्न स्थानहरुमा आफ्नो शाखाहरु स्थापना गरी ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित: १५ फाल्गुन २०७१, शुक्रबार