गहना गृहको नयाँ सोरुम “जुलैका” सञ्चालनमा

  • Technology Khabar | २७ माघ २०७१, मंगलवार
गहना गृहको नयाँ सोरुम “जुलैका” सञ्चालनमा

काठमाडौं ।

काठमाडौं, २७ माघ । गहना गृहले विलासी गरगहनाको ब्रान्डेड सोरुम जुलैका गहना गृह नामको सोरुम काठमाडौंको कमलादीमा सोमबारदेखि शुरु गरेको छ ।

काठमाडौंको न्यूरोडमा पहिलो स्टोर सन १९८६ मा स्थापना भई देशभर आफ्ना ग्राहकलाई संरक्षक भई सुनचाँदी, हिरा तथा बहुमूल्य धातुका गरगहनाहरुका नविनतम डिजाइनहरु पस्कदै र सेवा दिदै आएको कम्पनीले जनाएको छ । गृहले  सुन तथा हिराका गरगहनाका साथै विवाहमा अर्डर अनुसारको निर्दिष्ट सेवा दिनेगरी नेपालमा पहिलो पटक यस प्रकारको सेवा आरम्भ गरेको दाबी गरेको छ ।

विशेष गरी गहनामा सोख राख्ने उपल्लो श्रेणीका ग्राहकहरुलाई लक्षित गरी नेपालमा पहिलो पटक संचालनमा ल्याएको यस सोरुममा जारी डाइमण्ड तथा सुनका गहना बिक्री तथा प्रदर्शनी हुने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २७ माघ २०७१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...