ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव, हरेक मोबाइल खरिदमा ५० प्रतिशतसम्म छुट !

Technology Khabar १८ माघ २०७१, आईतवार

ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव, हरेक मोबाइल खरिदमा ५० प्रतिशतसम्म छुट !
फाईल

काठमाडौं ।

गिता भुजेल

काठमाडौं, १८ माघ । काठमाडौंको पाको, न्यूरोडमा अवस्थित नेपालको पहिलो र एक मात्र मोबाइल कम्प्लेक्स ताम्राकार कम्प्लेक्सले स्थापनाको सातौं वार्षिक उत्सवको अवसर पारेर मोबाइल महोत्सव २०१५ आयोजना गर्ने भएको छ ।

ताम्राकार कम्प्लेक्सले सातौं वार्षिक उत्सवको अवसर पारेर यहि फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित मोबाइल महोत्सव २०१५ आयोजना गर्न लागेको हो । महोत्वसको अवसरमा ताम्राकार कम्प्लेक्सले विभिन्न आकर्षक छुट तथा स्कीमहरु संचालन गर्ने कम्प्लेक्सका व्यवस्थापक श्यामकृष्ण महर्जनले बताए । ‘मोबाइल महोत्सवको अवसर पारेर विभिन्न रमाइला र आकर्षक कार्यक्रमका साथमा भ्यालेन्टाइन डे स्पेशल गिफ्ट पनि  प्रदान गरिने छ,’ महर्जनले भने ।

ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव २०१५ तथा फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेको अवसरमा मोबाइल खरिद गर्ने भ्यालेन्टाइन जोडीले भ्यालेन्टाइन स्पेशल गिफ्ट पाउनेछ ।

ताम्राकार कम्प्लेक्समा जे. एस. मोबाइल शप संचालनगर्दै आएका जगत साउदले यसपालीको महोत्सव भव्य र आकर्षक बनाउने जानकारी दिँदै महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्मको छुट दिने बताए ।

महोत्सवको अवसर पारेर ताम्राकार कम्प्लेक्सले लक्की ड्र पनि आयोजना गर्दैछ । सामसुंग मोबाइल एण्ड इलेक्ट्रोनिक प्रालिका गुरुदत्त शर्माले हरेक दिन लक्की ड्र गरिने र सो लक्की ड्रमा हरेक दिन ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकहरुको विवरणराखि बम्पर उपहार दिइने बताए । ताम्राकार कम्प्लेक्सले बम्पर उपहार अन्तरगत ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने छ ।

वेष्ट टेक सेन्टरका प्रोपराईटर गोपाल निरौलाले महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा प्रवेश गर्ने हरेक ग्राहकहरुलाई लक्की ड्रमार्फत उपहार दिइने जानकारी दिए । कम्प्लेक्समा प्रवेश गर्ने हरेक व्यक्तिले निशुल्क कुपन प्राप्त गर्नेछ भने सोहि आधारमा हरेक दिन ग्राहकहरुलाई विभिन्न उपहार दिइने छ ।

ताम्राकार कम्प्लेक्समा आयोजना हुने महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गर्ने मेरिना मोबाइलका कृष्ण कर्माचार्यले बताए ।

महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा विभिन्न मर्मत तथा सर्भिसका लागि आउने हरेक ग्राहकहरुले ५ देखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । त्यसैगरी महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा निशुल्क वाईफाई सुविधा उपयोग गर्न पाउनेछन् भने महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा मोबाइल खरिद गर्न आउने ग्राहकहरुको लागि निशुल्क पार्किङ सेवा उपलब्ध गराइने आयोजकले जानकारी दियो ।

ताम्राकार कम्प्लेक्समा विश्वका विभिन्न उत्कृष्ट ब्राण्डका मोबाइल सेटहरु, ट्याबलेट, ल्यापटप, एसेसरिज खरिद गर्ने सुविधा छ भने विभिन्न मोबाइल कम्पनीका सर्भिस सेन्टर पनि रहेको आयोजकले जनाएको छ ।

प्रकाशित: १८ माघ २०७१, आईतवार

तपाइको प्रतिक्रिया