कार्बन मोबाइलको उपहार कार्यक्रमको विजेता घोषित

  • Technology Khabar | २३ पुष २०७१, बुधबार
कार्बन मोबाइलको उपहार कार्यक्रमको विजेता घोषित

काठमाडौं ।

काठमाडौं, २३ पुस । कार्बन मोबाइलको नेपालका लागि आधिकारिक वितरक एलाईड ट्रेड लिङ्क इण्टरनेशनल प्रालिले दसैँ–तिहारमा संचालन गरेको ‘कार्बन मोबाइलले हान्यो छक्का, दुई वर्ष वारेण्टी पक्का’ उपहार कार्यक्रमको विजेताको घोषणा गरेको छ ।

कार्बन मोबाइलका ब्रान्ड एम्बेसडर पारस खड्काले मंगलबार आयोजित एक कार्यक्रममा उपहार योजना अवधिभर संकलित कुपनहरु मध्येबाट एउटा कुपन झिकेर विजेता छनौट गरे । उपहार कार्यक्रमको विजेता कुपन नं ५९६१८ भएको घोषणा गरियो । भाग्यशाली विजेताले भारतको गोवा भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।

यसैगरी कार्यक्रममा सहभागी २१ जना विजेतालाई दश हजार रुपैयाँ प्रदान गरिएको थियो।

एलाईड ट्रेड लिङ्क इण्टरनेशनलका प्रबन्ध निर्देशक मनिष राजभण्डारीले  भदौ ३१ देखि कात्तिक १४ गतेसम्म लागू गरिएको उपहार कार्यक्रममा भाग लिने ग्राहकलाई उपहार दिइएको जानकारी दिए ।

योजनामा भाग लिने ग्राहकले कार्बनका मोबाइल फोन खरिदमा दुईवर्षको वारेण्टी, दुई पटकसम्म सर्भिसिङ निःशुल्क प्राप्त  गरेको कम्पनीले जनाएकोछ ।

प्रकाशित: २३ पुष २०७१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...