Technology Khabar १३ पुष २०७१, आईतवार
काठमाडौं ।
काठमाडौँ, १३ पुस । नेपालमा बजाज बाइकको अधिकृत विक्रेता हंसराज हुलासचंदद्वारा प्रस्तुत नेपालको पहिलो बाइक रियालिटी सो बजार पल्सर डेयरभेन्चर (Bajaj Pulsar Dareventure) को पहिलो संस्करण सम्पन्न भएको छ ।
समापन समारोहमा माथिल्लो मुस्ताङ्ग गएका १० प्रतिस्पर्धिहरु मध्ये सर्वोत्कृष्ट सहासी राइडर, सर्वाधिक लोकप्रिय राइडर र सर्वोत्कृष्ट अनुशासित राइडर को पुरस्कार क्रमशः अनिल कुमार कुशुवाह, सन्तोष अधिकरी र अकिब अब्दुल अतिक लाई प्रदान गरिएको थियो । 
समापन समारोहमा बोल्दै एच.एच. बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजार पल्सर डेयरभेन्चर (Bajaj Pulsar Dareventure) को दोस्रोे संस्करणको तयारी पनि सुरु भइसकेको बताए । “हामीले बजाज पल्सरका साहसी राइडरहरुलाई अप्पर मुस्ताङ्गको रोमाञ्च अनुभव गर्ने मौका दियौँ । यो नेपालको पहिलो बाइक रियालिटि शो हो र हामी आउँदो दिनहरुमा पनि यसको अझै धेरै सिक्वल निकाल्नेछौँ जसबाट युवा राइडरहरुले नेपालका साहसीक भू–भागहरुमा आफ्नो कौशल देखाउने मौका पाउनेछन्,” गोल्छाले भने ।
गोल्छा अर्गनाइजेसनको अन्तर्गत नेपालमा बाइक विक्री गर्दै आएको बहुराष्ट्रिय कम्पनि बजाजले ल्याएको पल्सर डेयरभेन्चर नेपालको पहिलो बाइक रियालिटि शो हो । यस कार्यक्रमका दौरान १० साहसी प्रतियोगीहरुले पल्सर बाइकमा “अन–अफ रोड” हुँदै एउटा साहसीक राइडमा जाने मौका पाए ।
यस प्रतियोगीतामा सामेल हुनका लागि प्रतियोगीहरुले शुरुवातमा नै धेरै प्रकारका जटिल तालिमहरु लिएका थिए र केवल १० सर्वोत्कृष्ट राइडरहरुले मात्र सो कार्यक्रममा यात्रा गर्ने मौका पाएका थिए । यसका साथै सबै १० जना सर्वोत्कृष्ट प्रतियोगीहरुलाई पल्सर बाइक दिइएको छ ।
प्रकाशित: १३ पुष २०७१, आईतवार