मोबाइल फुटसलको उपाधी पाको युथ क्लबलाई

  • Technology Khabar | १३ पुष २०७१, आईतवार
मोबाइल फुटसलको उपाधी पाको युथ क्लबलाई

काठमाडौं ।

काठमाडौं, १३ पुस । प्रथम मोबाइल फुटसलको उपाधी पाको युथ क्लबले लान सफल भएको छ । मोबाइल फुटसलको फाइनलमा सिटिसी मोबाइल बजारलाई ७—४ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै पाको युथ क्लबले ५० हजार नगद सहित शील्ड तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । दोस्रोस्थान हात पारेको सिटिसी मोबाइल बजारले नगद २५ हजार पाएको थियो । विजयी खेलाडी तथा टिमहरुलाई इन्ट्रिग्रेटेड मोबिलिटी सोलुसन्स (आइएमएस) का अध्यक्ष दिपक मलहोत्राले नगद शील्ड तथा प्रमाणपत्र बितरण गरेका थिए । सिटिसी मोबाइल बजारले एलाइड ट्रेड लिंकलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको थियो भने बिजयी पाको युथ क्लबले कृष्ण मोबाइललाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।111

मोबाइल कम्पनी तथा मोबाइल ब्यबशायमा लागेकाहरुका वीच सम्बन्ध बिस्तार गर्ने उद्देश्यले संचालन गरिएको फुटसलमा १४ वटा मोबाइल कम्प्नीको  सहभागिता रहेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

मंसिर २० गतेबाट शुरु भएको यो प्रतियोगिता ठमेलस्थित फुस्टल एरेनामा संचालन भएको थियो । ८५  हजार कुल पुरस्कार राशी रहेको यो प्रतियोगितालाई लाभा, हुआवे, माइक्रोम्याक्स, डिटिसी, बिक्यू, कलर्स, भर्जिन मोबाइल, सिटिभी मोबाइल र फेशन ८८ ले प्रायोजन गरेका थिए ।

प्रकाशित: १३ पुष २०७१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १३ पुष २०७१, आईतवार