
काठमाडौं ।
काठमाडौं, २५ मंसिर । मेगा बैंक लिमिटेडले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
मेगा बैंक संचालक समितिको मंगलबार बसेको बैठकले १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बोनस शेयर बापत लाग्ने कर रकम पनि बैंकले व्यवस्था गरिदिने भएको छ । त्यसका लागि शुन्य दशमलव ६३ प्रतिशत रकम नगद लाभांश छुट्टाएको बैंकले जनाएको छ ।
संचालक समितिले बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने भएको छ । राष्ट्र बैंकले प्रस्ताव स्वीकृत गरेपछि पारित गर्नका लागि पुसमा हुने आगामी साधारणसभामा पेश गरिने बैंकले जनाएको छ ।
‘बैंकले पुँजी वृद्धि गर्नका लागि शेयर वितरण गर्ने निर्णय गरेको हो,’ मेगा बैंकका सिइओ अनिल केशरी शाहले भने, ‘बैंकको पुँजी अभिबृद्धि गरी निरन्तर मुनाफा आर्जन गर्ने उद्देश्यले संचालक समितिले यो निर्णय लिएको हो ।’
प्रकाशित: २५ मंसिर २०७१, बिहीबार