Technology Khabar ४ मंसिर २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, ४ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी सेलकोनले मिलेनिया इपिक क्यू ५५० (Millennia Epic Q550) स्मार्टफोन सार्वजनिक गरेको छ । हैदराबादस्थीत सेलकोन मोबाइल्सले ठूलो ब्याट्री क्षमतासहितको सेलकोन मिलेनिया इपिक क्यू ५५० स्मार्टफोन लन्च गरेको हो ।
यो फोनमा ३५०० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने ५.५ इन्चको डिस्प्ले रहेको छ । यो फोनमा क्वाडकोर १.३ गीगाहर्ज कपल्ड कोर्टेक्स ए७ प्रोसेसर रहेको छ । सेलकोन मिलेनिया इपिक क्यू ५५० स्मार्टफोनले बजारमा जियोनी एम २ जियोनी म्याराथनलगायतका कयौं अधिक ब्याट्री क्षमता भएका स्मार्टफोनहरुलाई प्रतिस्पर्धा दिनेछ ।
सेलकोन मिलेनिया इपिक क्यू ५५० स्मार्टफोनमा १ जीबीको र्याम छ भने १६ जीबीको आन्तरिक मेमोरी राखिएको छ, जुन माइक्रो एसडी कार्डको माध्यमले ६४ जीबीसम्म बढाउन सकिन्छ । सेलकोन मिलेनिया इपिक क्यू ५५० स्मार्टफोनमा ८ मेगापिक्सलको अटोफोकश रियर क्यामरा छ भने २ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ ।
यसमा यूएसबी अन दि गो सपोर्ट गर्दछ । त्यसैगरी कनेक्टीभिटीको लागि थ्रीजी ड्यूल सिम, वाइफाइ, ब्लूटूथ ४.० भर्सन, एफएम, जीपिएस लगायतका सुविधा छन् । यो फोन भारतीय बजारमा १० हजार ४ सय ९९ रुपैंया तोकिएको छ ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक वाई गुरुले सेलकनले हरेक पटक नयाँ मोबाइल ल्याउँदा परिस्कृत सुविधासहित ल्याउने गरेको बताए । एजेन्सी ।
विशेषताहरु:
डाइमेन्शनः १५२X७६X७.९
तौल: १४३.८ ग्राम
डिस्प्लेः ५.५ इन्च आइपीएस एलसीडी टच स्क्रीन, १२८०X७२० पिक्सल रिजोल्यूशन, पिक्सल डेन्सीटी २६७ पीपीआई
प्रोसेसरः १.३ गीगाहर्ज क्वाड कोर मिडियाटेक एमटी ६५८२
अपरेटिङ सिष्टमः एन्ड्रोयड किटक्याट ४.४.२ भर्सन
क्यामराः ८ मेगापिक्सल अटोफोकश रियर क्यामरा एलइडीका साथमा, २ मेगापिक्सल फ्रन्ट
र्याम: १ जीबी डिडिआर थ्री
मेमोरी: १६ जीबी, ६४ जीबीसम्म बढाउन मिल्ने
ब्याट्री ३५०० एमएएच
अन्यः प्रोक्सीमिटर सेन्सर, एक्सेलोमिटर
प्रकाशित: ४ मंसिर २०७१, बिहीबार