
काठमाडौं ।
काठमाडौं, २१ कार्तिक । चौधरीग्रुप अन्तर्गतको सिजी प्रोपर्टिज प्रालिले दोस्रो चरणको भिल्लाज सिटिस्केप सुरु गरेको छ। कम्पनीले बिहीवार पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको निर्माण शुरु गरेको जानकारी दिएकोछ । कम्पनीले यसअघि पहिलो चरणको संयुक्त आवास भवन निर्माण गरेको थियो।
एकलघर अवधारणा सहित थालनी गरिएको भिल्लाजले नेपाली हाउजिङ इतिहासमा नयाँ आयाम सिर्जना गर्ने कम्पनीको दाबी छ। संसारभरकै उत्कृष्ट सामग्रीहरुले निर्माण गरिएको भिल्लाज प्रिमियम परियोजना भएको भन्दै यसले ग्राहकहरुको मन जित्ने विश्वास कम्पनीले लिएको छ।
२४ रोपनी जग्गामा ६१ वटा सुविधा सम्पन्न एकल घरहरु निर्माण हुने कम्पनीले जानकारी गराएको छ। दुई हजार एक सय ४० वर्गफिट देखि दुई हजार आठ सय ५० वर्गफिट क्षेत्रफल रहेको भिल्लाज ५ बिएचके अर्थात पाँच बेडरुमसम्ममा उपलब्ध रहने छ। निर्माणमा कुनै सम्झौता नगरी गुणस्तरिय निर्माण सामग्रीको प्रयोग गरीएकोहुँदा उत्कृष्ट एकल घरको खोजीमा रहेका व्यक्तिहरुको इच्छा भिल्लाजले पुरा गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हात्तिबनमा रहेको यो परियोजनामा सु–सज्जित बगैंचा, प्राइभेट कार पार्किङ, जिम, स्वीमिङपूल लगायतका सूविधाहरु रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
प्रकाशित: २१ कार्तिक २०७१, शुक्रबार