‘एलजी लाइफ स्टाइल सप’ अब जाउलाखेलमा

  • Technology Khabar | २१ कार्तिक २०७१, शुक्रबार
‘एलजी लाइफ स्टाइल सप’ अब जाउलाखेलमा

काठमाडौं ।

काठमाडौं, २१ कार्तिक । सीजी इलेक्ट्रोनिक्स प्रा.लिले जाउलाखेलमा आफ्नो नयाँ शोरुम ‘एलजी लाइफ स्टाइल सप’ खोलेको छ ।

सपमा एलजी ब्रान्डका सम्पूर्ण विद्युतीय सामान उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । मोबाइल सेट, टेलिभिजनसहित घरायसी प्रयोगका अन्य आधुनिक सामग्रीको विशेष प्रदर्शनीसमेत हुने कम्पनीले जनाएको छ । पुराना मोडलका सामानका साथै उक्त सपमा नयाँ सामानहरु पनि डिस्प्ले गरिने छ ।

सप उद्घाटनका क्रममा एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक स्कट जङले एलजी ब्रान्डको सबै सामानहरु एउटै छानामुनी उपलब्ध गराउने अघिदेखिको सोच भएका कारण नयाँ सपले उपभोक्ताको एकै ठाउँमा सामानकिन्ने चाहना पुरा हुने बताए ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले लाइफ स्टाइल सप अन्य स्टोरभन्दा निकै फरक र अत्याधुनिक भएका कारण उपभोक्ताहरुले सपिङ नयाँ अनुभवगर्ने मौका पाउने बताएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २१ कार्तिक २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार