Technology Khabar ३ कार्तिक २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ३ कात्तिक । कतार एयरवेजले आफ्ना सेल्स एजेन्टहरुबिच सञ्चालन गरेको ‘सेल एन्ड वीन’ योजनाको विजेताहरु छनौट गरेको छ ।
काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रममा कतार एयरवेजले तोकिएको समयमा सबै भन्दा बढी टिकट बिक्री गर्ने ट्राभल एजेन्सी र एजेन्टहरुमध्येबाट विजेताको नाम घोषणा गरेको हो । सोमबार नै गरिएको लक्की ड्र मार्फत विजेता छानिएको हो ।
कतारले कम्तीमा दशवटा टिकट काट्ने ट्राभल र एजेन्टलाई विइङ ह्युमन गिफ्ट भौचर, कम्तीमा ३० वटा टिकट बेच्नेलाई सामसुङ ग्रान्ड नियो र कम्तीमा ५० वटा टिकट बेच्नेलाई मोटरसाइकलको लागि लक्की ड्र योजनामा समावेश गरेको थियो ।
यसरी ५० वटा भन्दा बढी टिकट बेचेर लक्की ड्रमा परेका मेगा बाइट ट्राभल्सका नीलबहादुर ढकालले दुर्इसय सिसीको पल्सर एनएस मोटरसाइकल जितेका छन् ।
सामसुङ ग्रान्ड नियो मोबाइल मेगा ट्राभल्सका अनिक लामा र एभरेष्ट मिराकल ट्राभल्सका सरिश्मा प्रजापतिले प्राप्त गर्न सफल भए ।
यसैगरी, विइङ ह्युमनको ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर पाउनेमा सुमेग ट्राभल्सका सन्जीव पन्त, रिजेन्सी ट्राभलका टेकराज पौडेल र एभरेष्ट मिराकलका गोविन्द ओझा छन् ।
एयरवेजले गत असार १६ गतेदेखि असोज १४ गतेसम्म सञ्चालन गरेको योजनामा करिब १०० कम्पनी तथा एजेन्टहरु समावेश भएको कम्पनीले जानकारी दिएकोछ ।
कतारले नेपालमा हप्ताको २१ उडान गर्दै आएको छ । फाइवस्टार यो एयरलाइन्सले कतारको हमिद अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका एक सय ५० भन्दा बढी देशमा उडान भर्दै आएको छ । कतारले हालै दोहा-लण्डन रुटमा हालै ए३८० जहाज मार्फत् सेवा दिन थालेको छ ।
प्रकाशित: ३ कार्तिक २०७१, सोमबार