
काठमाडौं ।
काठमाडौं, २७ असोज । गौतमश्री बिजनेश ग्रुपले संचालनमा ल्याएको गौतमश्री वालमार्ट तथा गौतमश्री डेरीले काठमाडौंको कुलेश्वरमा शनिबारदेखि औपचारिक कारोबार शुरु गरेको छ । पहिलो चरणमा ग्रोसरी सामाग्रीको कारोबार शुरु गरेको गौतमश्री ग्रुपले शनिबार देखिनै आफ्नो उत्पादन दुध,दहि,पनिर लगायत दुधबाट बन्ने बिभिन्न परिकारको पनि कारोबार शुरु गरेको छ । काभ्रेको पात्लेखेतमा गाई फार्म राखेर चर्चा बटुलेका राम बहादुर गौतमको एकल लगानीको शनिबारबाट वालमार्ट संचालनमा आएको हो ।
अर्गानिक तरकारी, मुस्ताङको स्याउ लगायतका फलफुल,आफ्नै फार्मबाट उत्पादित बिभिन्न तरकारी र शुद्ध दुधको कारोबार भइरहेको छ । शनिबारबाट संचालनमा आएको मार्टमा नेपालका राजनीतीकर्मी पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व उर्जामन्त्री गोकर्ण बिष्ट, एमाओबादी नेता अग्नी सापकोटा र देबेन्द्र पौडेलको पनि उपस्थिती थियो । सानो स्केलबाट शुरु गरेको यो मार्टलाई चेन मार्टको रुपमा अगाडी बढाउन लागिएको लगानीकर्ता गौतमले जानकारी दिए ।
यसको सफलतापछि उपत्यकाका अन्य स्थानमा पनि शाखा बिस्तार गरिने उनले बताए । शुद्ध दुधका लागि यस स्थानमा संचालनमा आएको गौतमश्री डेरीबाट दुध तथा दुधजन्य बस्तुहरु खरिद गरि लावान्भित हुन गौतमश्री ग्रुपले ग्राहकलाई आग्रह गरेको छ ।
काभ्रेको पात्लेखेतमा उत्पादित अर्गानिक तरकारीका कारण चर्चामा आएको यस मार्टमा ग्रोसरी,देशी तथा बिदेशी मदिराको पनि कारोबार भइरहेको बताउँदै मार्टका जनरल मेनेजर अनिल आचार्यले यसको दायरालाई अझ फराकिलो बनाउने कार्यमा मार्ट अगाडी बढ्ने बताए । अनुभबी टिमलाई साथ लिएर शुरु गरिएका कारण यो मार्टले सफलता पाउनेमा ढुक्क रहेको मेनेजर अनिलले बताए । झण्डै दर्जन सफल कम्पनी संचालनमा ल्याएका गौतमले ग्रोसरी बिजनेशमा हात हालेको पहिलो पटक हो ।
प्रकाशित: २७ आश्विन २०७१, सोमबार