हुन्डाईको “Hyundai Highway Assurance” योजना

  • Technology Khabar | १० आश्विन २०७१, शुक्रबार
हुन्डाईको “Hyundai Highway Assurance” योजना

काठमाडौं ।

काठमाडौं, १० असोज । नेपालको लागी हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलेले “Hyundai Highway Assurance” हुन्डाई गाडिहरुको लागि निशुल्क चेकअप क्याम्प आयोजना गरेको छ । यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहक बर्गको लागि राजमार्गका  बिभिन्न स्थानमा हुन्डाई गाडीको निशुल्क चेकअप क्याम्प स्थापना गरेको छ ।

नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्ना हुन्डाई गाडिमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरीएको निशुल्क चेकअपमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडिको निशुल्क चेकअप गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कुलान्टको मात्र कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने ब्यवस्था पनि गरेको कम्पनीले जानकारी दिएको छ । यो योजना अन्तर्गत कम्पनीले राजमार्गका बिभिन्न स्थान, कुरिन्टारको रमाइलो डाँडा, इटहरीको पश्चिम रोड तथा लमहीमा निशुल्क चेकअप पोइन्टको स्थापना गरीेएको बताएकोछ ।

यसका साथै ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै राजमार्गको कुरिनटार चेक पोइन्ट अन्तर्गत २० किलोमिटर दुरीेसम्म रोडसाइड एसिस्ट्यान्टको पनि ब्यवस्था गरीेएको छ । यो कार्यक्रम असोज १० देखी १५ गतेसम्म बिहान १० बजे देखीे साँझ ६ बजेसम्म लागु हुने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएकोछ ।

प्रकाशित: १० आश्विन २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार