टिसिएलको फोरके युएचडि टिभी नेपाली बजारमा

  • Technology Khabar | ३० भाद्र २०७१, सोमबार
टिसिएलको फोरके युएचडि टिभी नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, ३० भदौ । घरायसी सामग्री उत्पादक कम्पनी टिसिएलको आधिकारिक विक्रेता इओएल प्रालिले दसैं तथा तिहारको उपलक्ष्यमा फोरके युएचडि टिभी पहिलो पल्ट नेपाली बजारमा ल्याएको छ। यो टीभी अरु टीभी भन्दा उत्कृष्ट र चार गुणा बढी सफा दृश्य देख्न पाइने कम्पनीले जनाएको छ।

इओएलले ग्राहकलाई टिसिएल ब्रान्डका टिभी किन्दा विभिन्न उपहारहरू पनि दिने जनाएको छ ।

‘सबैको दशै तिहार, सबैलाइ पक्का उपहार’ योजनाको साथ टिसिएलले ४० इन्च र सोभन्दा माथिका स्मार्ट/थ्रीडी/युएचडी टिभीको खरिदमा वायरलेस मिनी किबोर्डदिने बताएको छ ।

यसैगरी ४० इन्च एलइडी टिभीको खरिदमा सिजी ग्यास स्टोभ, २८ देखि ३९ इन्च एलइडी/एलसिडी टिभीको खरिदमा सिजी इन्डक्सन् कुकर, १९ देखि २४ इन्च टिभीको खरिदमा ब्लुटुथ स्पिकर, १६ इन्च एलइडी टिभीको खरिदमा टिसिएल टि–सर्टतुरुन्त पाइने इओएलले जनाएको छ।

साथै चेस्ट फ्रिजरको खरिदमा पिचर टम्लर सेट, वासिङ मसिनको खरिदमा  टिसिएल जगर शुट दिइने कम्पनीले जनाएको छ ।

कम्पनीले चाडपर्वको अवसर पारेर एसी किन्ने ग्राहकलाई निशुल्क इन्स्टलेसन गरिदने जनाएको छ ।

प्रकाशित: ३० भाद्र २०७१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार