Nokia Lumia 1020

  • Technology Khabar | ३१ असार २०७१, मंगलवार
Nokia Lumia 1020

काठमाडौं ।

टेकराडार वेवसाइटले दस स्मार्टफोनका मोडललाई अहिलेको उत्कृष्ट दस स्मार्टफोन भनी वर्गीकरण गरेको छ। दसौं स्थानमा सामसङ ग्यालेक्सी एस फोर, नवौं स्थानमा मोटोरोलाको मोटो जी, आठौं स्थानमा एचटिसी वन, सातौ स्थानमा आइफोन फाइभ एस र छैठौं स्थानमा सोनीको एक्सपेरिया जेड वन कम्प्याक्ट छ। शीर्ष पाँच स्थानमा रहेका स्मार्टफोनहरु भने क्रमश गुगल नेक्सस फाइभ, एलजी जिटु , सासमङ ग्यालेक्सी एस फाइभ, सोनो एक्सपेरिया जेड टु छ भने पहिलो स्थानमा एचटिसी वान एमएट रहेको छ।
गुगल र एलजी कम्पनीले संयुक्त रुपमा विकास गरेको गुगल नेक्सस फाइभ पाँच इन्चको स्त्रि्कन भएको फोन हो। एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोन गुगल नेक्सस फोर पछि आएको हो। नेक्सस फाइभ कालो र सेतो रंगमा उपलब्ध छ। १६ र ३२ जिबीमा उपलब्ध यो फोन गुगलप्ले मार्फत छानिएका देशमा किन्न सकिन्छ।
एलजी जिटु एलजी इलेक्ट्रोनिक्सले एलजीको अप्टिमस जी स्मार्टफोन र अप्टिमस जिप्रो फ्याब्लेटपछि ल्याएको अत्याधुनिक स्मार्टफोन हो। यो फोनमा एन्ड्रोइडको ४.२.२ जेली बिन अपरेटिङ सिस्टम राखिएको छ। ५.२ इन्चको स्त्रि्कन राखिएको यसमा १३ मेगापिक्सेलको क्यामेरा राखिएको छ।

प्रकाशित: ३१ असार २०७१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ३१ असार २०७१, मंगलवार

NOC from Nagarik App

  • ३१ असार २०७१, मंगलवार

E-pension verification system launched

  • ३१ असार २०७१, मंगलवार